क्यालाफिोर्नियामा भीषण आगलागी, पाँच जनाको मृत्यु

लसएन्जेलस, २४ कात्तिक : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ ।

क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका पाँच जनाको ज्यान गएको बताइएको छ ।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन् ।

शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो । सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो ।

सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो निन्त्रणमा लिन सकिएको छैन ।

तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् ।

उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।

प्रहरीले आगो लागेर जलेका पाँच ओटा शव भेटिएको र अरु दुई जना जलेका व्यक्तिको उपचार जारी रहेको बताएको छ । साथै प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण