‘कोलम्बो प्रोसेस’ को छैठौं बैठक काठमाडौंमा आयोजना

काठमाडौं,  कार्तिक २६ : वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरुको साझा संस्था ‘कोलम्बो प्रोसेस’ को छैठौं बैठक काठमाडौंमा हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी यही कार्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको छैठौं बैठक काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो।

वैदेशिक रोजगारीमा जानेहरुको छनौटदेखि उनीहरुको क्षमता विकासका समेत सहकार्य गरेर अघि बढ्ने गरी सो बैठक आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन्। सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगको विषयमा पनि वृहत छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यही २९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्नेछ भने भोलिपल्ट कार्तिक ३० गते सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय परामर्श बैठक बस्नेछ। मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्।

नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा बैठकको अध्यक्षता गर्नेछ। अन्तर्राष्ट्रिय आप्रबासन संगठन (आईओएम)को समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धिका विषयमा पनि बहस हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने