माघ २८, एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट चीनको हुबे प्रान्तमा सोमबार मात्रै १ सय ३ जनाको मृत्यु भएको छ ।
सो संक्रमणबाट एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघेको छ।
यसैबीच चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।
त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।
यसैबीच सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपनि नयाँ सङ्क्रमणको सङ्ख्या भने घटेको छ । सो संक्रमणबाट अघिल्लो दिनको भन्दा २० प्रतिशतले संक्रमितको घटेको बीबीसीले जनाएको छ ।
हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ । अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो।
सो भाइरसबाट अहिलेसम्म ४२ हजार २ सय जना संक्रमित भएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।