असार १, काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख २७ हजार ६३० पुगेको छ ।
संक्रमितको संख्या ७६ लाख ९० हजार ७८० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कोरोनाका कारण १९ जनाको ज्यान गइसकेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।
अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ । हाल ब्राजिल, मेक्सिको चिली, भारतलगायत देशमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।
लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ । केही देशले खुकुलो बनाएको लकडाउनमा पुनः कडाइ गर्ने तयारी गरिरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अमेरिकामा पनि लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ । तर त्यहाँको अर्थ मन्त्रालयले कोरोना नियन्त्रणका नाममा अर्थतन्त्रमा सम्झौता गर्न नसकिने स्पष्ट पारिसकेको छ ।
सुरुका दिनमा गर्मी मौसम सुरु भएपछि कोरोना संक्रमण आफैं कम हुने भनिए पनि विश्व स्वास्थ्य संगठले आफूसँग त्यस्तो कुनै प्रमाण नरेहको बताइसकेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।