August 31, 2019

कोकाकोला पिउनुहुन्छ ? थाहा पाउनुहोस् १० देखि ६० मिनेटभित्र यसको असर

एक क्यान कोक खाएको एक घण्टाभित्र तपाईको शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ भनेर एउटा इन्फोग्राफिकमा देखाईएको छ । अमेरिकामा बस्दै आएका एक जना डाक्टरले चलाएको ट्रुथ थ्यौरी भन्ने ब्लगले त्यस्तो चित्रलाई संकलन गरेको हो । यो चित्रमा ६० मिनेटभित्र सात चरणमा हामीले पिएको पेय पदार्थ टुक्रिन्छ भनेर देखाईएको छ ।

१. पहिलो १० मिनेटमा तपाईको शारीरिक प्रणालीभित्र करीब १० चम्चा चिनी पस्दछ जुन मात्रा तपाईलाई चाहिने दैनिक आवश्यकता बराबर हो । तर यति धेरै चिनीले पनि तपाईलाई वाकवाकी भने लाग्दैन किनकि फोस्फोरिक एसिडले यसलाई सन्तुलनमा राखेको हुन्छ ।

२.बीस मिनेटमा तपाईको रगतमा सुगर वा चिनीको मात्रा बढ्दछ जसले गर्दा इन्सुलिन सक्रिय हुन्छ । यो अवधिमो कलेजोले प्राप्त गरेको सबै सुगरलाई बोसोमा बदल्छ ।

३. चालीस मिनेटमा पेय पदार्थमा भएको सबै क्याफिनलाई शरीरले लिन्छ । यस अवधिमा आँखा रसिलो हुने र रक्तचाप बढ्ने हुनाले रक्तसञ्चारमा कलेजोले सुगरको मात्रा थपिदिन्छ । दिमागमा रहेका निन्द्रा लाग्ने रिसेप्टरहरु बन्द हुन्छन् जसले गर्दा निन्द्रा लाग्दैन ।

४. पेय पदार्थ पिएको ४५ मिनेटमा डोपामाइन वृद्धि हुन्छ र आनन्दको महसुस हुन्छ । लागू औषधी प्रयोग गर्दा पनि यस्तै अनुभव हुन्छ ।

५. यो चरणमा फोस्फोरिक एसिडले क्याल्सियम, म्याग्नेसियम र जिङ्कलाई तपाईको तल्लो आन्द्रामा एकीकृत गर्दछ जसले गर्दा शरीरको मेटावोलिजम वा रासायनिक प्रक्रिया उच्च हुन्छ । यति बेला सुगरको मात्रा पनि बढी हुने र पिसाबबाट क्याल्सियम निकै जाने हुन्छ ।

६. यो अवधिमा क्याफिनमा भएको पिसाब बढाउने तत्व सक्रिय हुन्छ जसले गर्दा तपाईलाई पिसाब लागेको महसुस हुन्छ । अनि हाडतिर जान लागेको क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, इलेक्ट्रोलाइट र पानी शरीरले बाहिर फ्याँक्दछ ।

७. यो चरणमा कोकको प्रभाव कम हुँदै जान्छ जसले गर्दा शरीरमा सुगरको मात्रामा भारी गिरावट आउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि