January 27, 2019

केसीलाई ढाल नबनाउ कांग्रेस: रक्षा श्रेष्ठ, कोषाध्यक्ष चिकित्सक संघ

१२ माघ, काठमाडाैँ । नेपाल चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले डा गोविन्द केसीको अनशनलाई ढाल नबनाउन कांग्रेसलाई आग्रह गरेकी छिन । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो निजी बिचार भन्दै कांग्रेसलाई केसीको अनशनलाई ढाल नबनाउन अाग्रह गरेकी हुन । उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ठीक नभए नेपाली कांग्रेसले दुई तिहाई ल्याएर बिधेयक संसदबाट उल्ट्याउन सक्ने सुझाव समेत दिएकी छिन ।

उनले फेसबुकमा लेखेकी छिन ‘चिकित्सा शिक्षा बिधेयकमा डा. केसीको अधिकांश भावना र मर्म समेटिएको छ।५ प्रतिशत जुन समेटिएको छैन,सम्मानिय संसदले आफ्नो अधिकार राख्छ नै।सरकारी मेडिकल कलेज सात वटा प्रदेशमा खोल्ने आदि इत्यादि विषय सबै समेटिएको छ। अब सरकारले तिब्रताको साथ हामी जनताले अनुभूति गर्ने गरि काम अगाड़ी बड़ाउनु पर्छ।’

यस्तै उनले अघि लेखेकी छिन ‘चलिआएको व्यवस्थामा एम.बी.बी.एसको शुल्क फी उपत्यकामा ३८ लाख र उपत्यका बाहिर ४२ लाख तोकेको छ जुन फी गरीब परिवारले तिरेर पड़्नु सकतैनन। सरकारले गरीब अनि दुर्गम भूगोल को लागी पनि एम.बी.बी.एस पड़्ने व्यवस्था मिलाउनु पर्छ। चिकित्सा शिक्षा बिधेयकले केहि मेडिकल कलेजको सिंडिकेट तोड़ने भएकोले यस्को विरोध गरीरहेका छन।कांग्रेसले पनि विरोध गरीरहेका छन।यो बिधेयक राम्रो छैन भने कांग्रेसले दुई तिहाई ल्याएर यो बिधेयक संसद बाट उलट्यौदा भईहाल्छ…अनशनलाई ढाल बनाएर होईन..।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि