केपी ओली र प्रचण्डबीच भेटवार्ता !

 प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । अनौपचारिक भनिएको भेटवार्तामा पार्टी एकताकै उल्झन हटाउने प्रयत्न गरिएको प्रधानमन्त्रीको सञ्चार सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

910269988KP-&-prachanda-(1)

उनकाअनुसार भेट एकता प्रक्रियामा देखा परेका समस्या समाधानमा केन्द्रित भए पनि छलफल निष्कर्षमा पुग्न सकेन । “सम्वाद नियमित भइरहेको छ परिणाम नआएसम्म केही भन्न सकिँदैन,” उनले भने । विवाद समाधान गर्न कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिए यता नियमित सम्वाद भइरहे पनि सहमति भइनसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको करिब २ घन्टाको वार्ता उपलब्धिमुलक बन्न नसकेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । “आजको वार्तामा केही सहमति हुन सकेन,” उनले भने, “बाँकी रहेका विषयहरुमा छलफल गर्ने काम मात्र भयो । तर, वार्ता सकारात्मक छ ।”

बुधबार बसेको एकता संयोजन समितिको बैठकमा दुवै दल एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य र जनयुद्धलाई महाधिवेशनमा टुङ्ग्याउन राजी भए पनि केन्द्रीय समितिको अनुपात मिलाउने विषय जटिल बनेको नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने