March 21, 2018

केन्द्रले गर्ने एसईई यो वर्ष अन्तिम, अर्को वर्षदेखि प्रदेशको जिम्मा

 

 चैत ७ 

केन्द्रले गर्ने एसईई यो वर्ष अन्तिम, अर्को वर्षदेखि प्रदेशको जिम्मा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी सुरु गरिसकेको जनाएको छ । आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन हुनेछ । 

नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशीका परीक्षा (एसएलसी) को अन्त्य भई ०७३ देखि नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुवात भएको थियो । हालसम्म केन्द्रबाट हुँदै आएको एसईई यो अन्तिम वर्ष हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अर्को वर्षदेखि एसईईको सञ्चालनदेखि सम्पूर्ण जिम्मेवारी प्रदेशस्तमा गरिने जानकारी दिए ।
वि.सं. १०९० सालदेखि नेपालमा एसएलसी सुरु भएको थियो । एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ देखि भने माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । गत वर्षदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईईको तयारी पूरा भएको जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक हुनेछ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा कायम गरिएको छ ।

काठमाडौंमा गत वर्ष ९६ केन्द्र कायम गरिएकामा यो वर्ष ९८ वटा कायम गरिएको छ भने मनाङमा एउटा मात्र परीक्षा केन्द्र छ । हरेक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको नियन्त्रक रेग्मीले जानकारी दिए । 

पनिकाले परीक्षामा चिट चोर्ने चोराउने लगायतका अमर्यादित कार्य भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी