कृष्णबहादुर महराले साबिती बयान दिन मानेनन्……..

कार्तिक १,काठमाडौं : यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष साबिती बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक उनलाई बयान दिन भने पनि उनले मानेका छैनन् । महराले बयान दिन नमाने पनि प्रहरीले भने प्रमाण पुर्याएरै उनीविरुद्ध लागेको अभियोग पुष्टि गर्ने जनाएको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराविरुद्ध जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका महरालाई अदालत पेश गरिसकिएको छ र अदालतले उनलाई थप अनुसन्धानको लागि १३ दिन थुनामा राख्न आदेश पनि दिइसकेको छ । यही बीचमा उनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको छ । महरा अहिले नर्भिक अस्पतालमा छन् । उनीसँग प्रहरीले अस्पतालको बेडमै गएर बयान लिन चाहेको थियो तर महराले बयान दिन मानेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल