April 1, 2020

कूटनीतिक परिवारलाई किन फर्काउँदै छन् पश्चिमा राष्ट्र ?

पश्चिमा राष्ट्रहरूले काठमाडौंस्थित आफ्ना कूटनीतिज्ञका आश्रित परिवारलाई फिर्ता बोलाएका छन्। नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै आश्रित परिवारलाई सरकारले टिकट खर्च उपलब्ध गराएर स्वैच्छिक रूपमा फिर्ता बोलाएका हुन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपालमा संक्रमित भए उपचार गर्ने अस्पतालको कठिनाइलाई ध्यानमा राखेर आफ्ना नागरिक फिर्ता गर्ने क्रममा कूटनीतिक आश्रित परिवारलाई पनि बोलाइएको हो। सरकारलाई सीधा रूपमा केही नभने पनि उनीहरूले सरकारको तयारी र यहाँको स्वास्थ्य क्षेत्रमा सरकारी अवस्था अध्ययन गरेर यस्तो निर्णय लिएको परराष्ट्र अधिकारीले जानकारी दिए।

‘जान खोज्नेलाई नजानू भन्न मिलेन। हाम्रो तयारी र अवस्था देखेरै फिर्ता बोलाएका हुन्। हुन त यहाँ संक्रमण बढ्दो छैन तर बढे के गर्ने भन्ने सोच राखेर फर्काएको देखिन्छ,’ ती परराष्ट्र अधिकारीले भने, ‘समिति बनेको यत्तिका समय भए पनि काममा भएको ढिलासुस्ती देखेर कूटनीतिज्ञहरू दिग्दारी पोखिरहेका छन्। हाम्रा मन्त्रीज्यूहरू गफ दिइरहेका छन्। यतिबेला गफ होइन, कार्य खोजिरहेका हुन्छन्, विदेशी या आफ्नै नागरिक किन नहुन्।’

हुन त उनीहरूको मुलुकमा पनि आफ्ना नागरिकको कोरोना संक्रमणले मृत्यु भइरहेको छ। त्यो संख्या बढ्दो छ। स्थिति झन् भयावह छ। तैपनि, परिवार फर्किएका छन्। किन ? भन्ने प्रश्न उठिरहेका छन्। त्यहाँ स्वास्थ्य क्षेत्रमा राम्रो तयारी गरेका हुनाले पनि यस्तो सुविधा उपलब्ध हुन सक्ने परराष्ट्र अधिकारीले बताए। नेपालले अन्य मुलुकमा फैलिएको संक्रमणबाट पाठ सिकेर तयारी राम्रो गर्न सक्ने भए पनि नगरेकोमा कूटनीतिज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण