कुशलले पायाे उत्कृष्ट कुकुरको उपाधि

काठमाडौं, कात्तिक २० – कुकुर तिहारको अवसरमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा सघाएको भन्दै वर्षको उत्कृष्ट कुकुरको उपाधि ‘कुशल’ नामको कुकुरलाई दिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेको ‘कुशल’ नामक कुकुरले प्रहरी अनुसन्धानमा महत्वपूर्ण योदान पुर्याएपछि उसलाई नै वर्षको उत्कृष्ट कुकुरको उपाधि दिइएको डग स्कुल महाराजगंजकी एसएसपी डाक्टर देउती गुरुङले बताइन्।

चार वर्ष अघिदेखि सो कुकुर नेपाल प्रहरीसँग छ। जर्मन सेर्फड जातको सो कुकुर अनुसन्धनमा निकै अब्बल मानिएको छ। केही महिनाअघि पोखरामा १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या गरेकालाई पक्राउ गर्न सो ‘कुशल’ नामको कुकुर सफल भएको थियो।

यसका साथै चोरी, डकैती, लुटपाट, अपहरणजस्ता आपराधिक घटनाको अनुसन्धानमा उसले सघाएको प्रहरीले जनाएको छ।

कुशल कुकुरले नै गत असोजमा पोखरामा हत्या गरिएकी ६० वर्षीया श्रीमाया गुरुङको अभियुक्तलाई पनि पक्राउ गराएको थियो।

नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको पनि आज नै पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी