कुवेत लैजान खोजिएका तीन महिलाको उद्धार, एजेन्ट भने फरार !

विराटनगर / अवैध बाटो रोजेर विदेश हिडेका तीन जना महिलाकोे उद्धार गरिएको छ । भारत हुँदै अवैध रूपमा कुवेत जान हिडेका तीन जना महिलाको उद्धार गरिएको हो । दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती मलिहाहरूको उद्धार विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट मंगलबार साना हातहरू नेपाल नामक संस्थाले गरेको हो । दलालको निर्देशन बमोजिम ती महिलाहरू जोगवनीमा सरसामन किन्ने बहना बनाएर हिँडेका थिए । उनीहरूको साथमा तेल हाल्ने ड्रम पनि थियो । तेल किन्ने बहना बनाएर साथमा ड्रम बोकेर हिँडेका थिए ।

‘सोधपुछको क्रममा दलालको फन्दमा परि विदेश हिडेको खुल्यो,’ साना हातहरू नेपाल विराटनगरका स्टेशन म्यानेजर दिवश श्रेष्ठले भने, ‘दलालले नेपालको विमानस्थल प्रयोग गरी विदेश जादा महँगो पर्ने भएकोले भारतको बाटो रोजेको भनेका रहेछन् ।’ काठमाडौंका सुरज तामाङ र इनरुवाको लक्ष्मण रामले ती महिलाहरू अवैध बाटो प्रयोग गरी विदेश पठाउने क्रममा हामीले फेला पारेको साना हातहरू नेपालका स्टेशन म्यानेजर श्रेष्ठले जानकारी दिए ।

उनीहरू मध्ये २ जनाको पासपोर्ट थियो भने एक जनाको थिएन् । उनीहरू इटहरी, मोरङ र चितवनकी महिला हुन् । विदेश पठाउने दलालले एक जना महिलासँग ८० हजार पनि लिएको बताइएको छ । ती महिलालाई विदेश पठाउने दुवै जना एजेन्ट अहिले फरार छन् । तीनै जना महिलालाई एकै ठाउँमा जम्मा पारेर मंगलबार साँझ दलालले पठाएका थिए ।

‘विदेश जाने भीषा आइसक्यो भन्दै ती महिलाहरूलाई इटहरीमा भेला पारेर हिँडाएका रहेछन्,’ ती महिलाहरूको भनाइ उद्रित गर्दै श्रेष्ठले भने, ‘भारत पुगेपछि भीषा र प्लेन टिकट दिने भनेका रहेछन् ।’ उद्धार गरिएका महिलालाई बिहीबार प्रहरीमार्फत आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ