१६ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्नसम्म २७ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ ।
एमालेले एक नगरपालिकासहित १२ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ९ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ५ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।
अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा राम्रोसँगै देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै ७ नम्बर प्रदेशको परिणाम आएको छ । ७ नम्बर प्रदेशका ११ स्थानीय तहको परिणाम आउँदा एमालेले ९ तह जितेको छ भने कांग्रेसले ५ तह जितेको छ ।
त्यस्तै, प्रदेश नम्बर ५ मा अहिलेसम्म ६ वटा स्थानीय तहकाे परिणाम अाएकाे छ । जसमध्ये गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले जितेको छ भने रूकुमकाे पुथा उत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिका तथा दाङको बंगलाचुली गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएकाे छ । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा एमालेले र प्यूठानको मल्लरानी गाउँपालिकामा राजमोले जितेकाे छ ।
प्रदेश नम्बर १ बाट चार स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले र माओवादीले जित बराबरी बाँडेका छन् ।
एमालेले जितेका स्थानीय तह
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
कांग्रेसले जितेका स्थानीय तह
१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
माओवादीले जितेका स्थानीय तह
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम
राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।