कुन नेता कहाँबाट मतदान गर्दै ?

10-neta

काठमाडौँ, २१ मंसिर ।  प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र्रराय यादव, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसम्मले दोस्रो चरणमा मतदान गर्दै छन्।

कतिपय शीर्ष नेताले आफैँ उम्मेदवार रहेका कारण आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन्। एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, राष्ट्रिय जनता पार्टीका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने आफूले आफैँलाई भोट हाल्न पाउने छैनन्। उनीहरू आफ्नो मतदाता नामावली रहेको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेका कारण आफैँलाई भोट दिन नपाउने भएका हुन्।

कुन नेता कहाँ मतदान गर्दै छन् ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउपालिका- १, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्ने छन्। प्रधानमन्त्री पत्नी तथा कैलाली-५ की उम्मेदवार डा. आरजु राणासहित देउवाले त्यहाँबाट मतदान गर्न लागेका हुन्। त्यहाँ उनी आफैँ प्रतिनिधिसभाका लागि उम्मेदवार छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्। उनी आफू भने झापा ५ मा उम्मेदवार छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भरतपुर-४ स्थित लक्ष्मी मावि लंकु मतदान केन्द्रमा आफैँलाई मतदान गर्नेछन्। एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका- ९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनी त्यहाँ आफैँ उम्मेदवार छन्।

एमाले नेता माधव नेपालले गौर नगरपालिका- २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन्। नेता नेपालले पनि आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्। उनी काठमाडौं २ बाट प्रतिस्पर्धामा छन्। एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका- ८ को त्रिभुवन माविमा मतदान गर्दैछन्। अर्का उपाध्यक्ष युवराज ज्ञावालीले दाङको तुलसीपुर- १७ स्थित दीपेन्द्र मावि मानपुरबाट मतदान गर्नेछन्।

एमालेकै उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर- ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्नेछन्। उनी त्यहाँ आफैँ उम्मेदवार छन्। महासचिव इश्वर पोखरेलले पनि काठमाडौं ५ स्थित टोखा- ६, स्काईलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्नेछन्। उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल- ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्नेछन्।

सचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका- ४, बम्घा निमावि भवन चौतारा, भीमप्रसाद आचार्यले इनरुवा-६ जनता मावि मधेसा, स्थायी समिति सदस्यहरू शंकर पोखरेलले तुलसीपुर- १९, जनता विद्यापीठ केन्द्र बिजौरी, पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले इलाम- ७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन्।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रवाट मतदान गर्नेछन्। नवलपुर १ मा उम्मेदवार रहेका महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं-३, महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन्। कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा-१५ स्थित खुससैना केन्द्रबाट भोट हाल्नेछिन्।

त्यस्तै, प्रकाशमान सिंहले काठमाडौं-१६, पकनाजोलस्थित नेपाल युवक माविमा, विमलेन्द्र निधिले धनुषाको नगराइन-२ को राजेश्वर निधि उमाविमा, कुलबहादुर गुरुङले इलाम नगरपालिकाको बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा, सुजाता कोइराला र शेखर कोइरालाले विराटनगर-७ को आर्दश विद्यालयमा, बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन्। गगनकुमार थापाले काठमाडौं-३०, मैतीदेवी मन्दिरमा मतदान गर्नेछन्।

माओवादी नेता रामबहादुर थापाले भरतपुर-१० नारायणी नमुना माविमा मतदान गर्नेछन्। दाङ २ बाट उम्मेदवार बनेका माओवादी नेता कृष्णबहादुर महराले भने पहिलो चरणमै रोल्पाको लिवाङ नगरपालिकाको तारा माविमा भोट खसालिसकेका छन्। त्यस्तै, टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क-९, अर्घा रजस्थल मावि रासीचौरमा, गिरिराजमणि पोखरेलले बर्दिबास नगरपालिका-३ गौरीडाँडामा, हरिबोल गजुरेलले कमलामाई-४, सिन्धुलीमा मतदान गर्नेछन्। पम्फा भुसालले ललितपुर-२ राजतीर्थमा, मातृका यादवले धनुषाको सबैला-२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मत हाल्नेछन्।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा हेटौंडा ५, पिप्लेस्थित बालज्योति माविमा, संघीय समाजवादी अध्यक्ष उपेन्द्र्र यादवले मोरङ विराटनगर-१४ स्थित डिग्री क्याम्पसमा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरमा रहेको विद्यार्थी निकेतन माविमा मतदान गर्नेछन्। राजपाका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका -१ मा मतदान गर्नेछन्। उनले आफैँलाई मतदान गर्न पाउने छैनन्। उनी महोत्तरी- ३ मा उम्मेदवार छन्।

त्यस्तै, राजेन्द्र महतोले पनि आफैंलाई भोट हाल्न पाउने छैनन्। उनले सर्लाही चन्द्रनगर- २, दुर्गा खोभारी जनता उमावि केन्द्र्रमा मतदान गर्दै छन्। उनी आफू भने धनुषा ३ मा उम्मेदवार छन्। त्यस्तै, अनिल झाले रौतहटको दुर्गाभगवती गाउँपालिका सस्कृत उमावि मतदान केन्द्र, महेन्द्रराय यादवले सर्लाहीको हरिपूर्वा नगरपालिका-९ स्थित रामजानकी मन्दिर मतदान केन्द्र र र शरतसिंह भण्डारीले महोत्तरीको औरही मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी