किन हेरिन्छ सेक्स भिडियो ? नेपालमा को-को ले हेर्छन् ?

sex-video1काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चासो बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।

त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।

एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’

उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।

उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’

डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।

डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।

चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।

पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’

उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि