किन जाँदैछन् निधि र भट्टराई एकसाथ भारत ?

sangai-2काठमाडौं,फागुन २९ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नयाँशक्ति पार्टीका प्रमुख बाबुराम भट्टराई एकैसाट यो साता भारत भ्रमणमा जान लागेका छन् । सत्तारुढ भारतीय जनता पाटीृका नेताहरुद्वारा सञ्चालित थिंक ट्यांक ‘इन्डिया फाउन्डेसन’ ले नयाँदिल्लीमा आयोजना गर्न लागेको ‘प्रतिआतंकवाद सम्मेलन २०१७’ मा सहभागी हुन उनीहरु जान लागेका हुन् ।

गृहमन्त्री निधि सोमबार र पूर्वप्रधानमन्त्री भट्टराई मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन् । सम्मेलनमा निधिलाई वक्ताका रुपमा निमन्त्रणा गरिएको छ भने भट्टराईलाई सम्मेलनको ‘स्पेशल सेसन टु’ मा मुख्य वक्ताको रुपमा डाकिएको छ ।

उनले माओवादी विद्रोहदेखि शान्तिपूर्ण राजनीतिमा माओवादी प्रवेश गर्दाको अवस्थाबारे प्रवचन दिने बताइएको आजको अन्नपूर्ण पोस्टमा खबर छ । निधिले प्रतिआतंकवादका सवालमा नेपालको धारणा राख्नेछन् । उनले नेपाल र भारतबीचको प्रतिआतंकवादसम्बन्धी सहकार्य कसरी बलियो पार्ने भन्नेबारे बोल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको