March 30, 2020

किन जङ्गिय प्रधानमन्त्री स्वास्थ्य मन्त्रीसँँग?

चैत १७, काठमाडौं। आइतबार विहान चीनको ग्वाङझायोबाट कोरोना भाइरस (कोभिड१९) को रोगथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री र स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीचको विवादलाई लिएर प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग स्पष्टिकरण लिएका छन्।

मन्त्रिपरिषद स्रोतका अनुसार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सचिव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशकबीच भनाभन भएको समाचार संचारमाध्यममा आएको सो विषयमा स्वास्थ्यमन्त्री ढकालसँग स्पष्टिकरण सोधेका थिए।

केही दिन अगाडि स्वास्थ्य मन्त्री ढकालकै अगाडि स्वास्थ्य सचिव र डिजीबीच भनाभन भएको समाचार सार्वजनिक भएको थियो। स्रोतका अनुसार गत शुक्रबार स्वास्थ्य सचिव कोइरालाले महानिर्देशक श्रेष्ठलाई ‘तँ’ भनेर सम्वोधन गरेपछि दुवैबीच झण्डै हात हालाहाल भएको थियो।

सो विषयमा संचारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति चासो राखेका थिए। यसैगरी चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा नेपाली व्यापारीले ल्याएका सबै सामाग्री सरकारले लिने किन्ने निर्णय गरिएको थियो।

नेपाली व्यापारीले ल्याएका स्वास्थ्य सामाग्री महंगोदरमा किनेको भन्दै सरकारको आलोचना भइरकेको अवस्थामा सो विषयमा पनि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीसँग चासो राखेका थिए।

‘स्वास्थ्य सचिव र डिजीबीचको झगडाका विषयमा के भएको हो। किन र के कारणले विवाद उत्पन्न भनेर प्रधानमन्त्रीज्यू जंगिनु भयो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘जवाफमा स्वास्थ्यमन्त्री ढकालले सचिव र डिजीबीचको विवादलाई साम्य बनाउन मन्त्रीस्तरीय निर्णय गर्नुपरेको बताउनु भयो।’

सचिव र डिजीबीचको झगडा सुल्झाउन मन्त्रीस्तरीय निर्णय गर्नु परेको बताएपनि प्रधानमन्त्री ओली झन जंगिँदै को हो डिजी, डिजीको कुरा लिएर क्याबिनेटमा आउने? भन्दै आक्रोशित भएका थिए। ‘नीनिगत विषय छलफल गर्ने ठाउँमा डिजीको कुरा लिएर आउने को हो डिजी,’ भन्दै प्रधानमन्त्री ओली जंगिएपछि स्वास्थ्यमन्त्री ढकाल अल्मलिएका थिए।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले चैत १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो। लकडाउनलाई जनस्तरबाट समेत समर्थन प्राप्त भएको छ।

एक साताका लागि घोषणा गरिएको लकडाउनको समयावधि सकिनै लाग्दा आइतबार कोरोना भाइरस रोगथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसको थियो।

बैठकले लकडाउनको समयावधि थप गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि लगत्तै बसेको मन्त्रिपरिषद बैठक चार घण्टासम्म लम्बिएको थियो।

बैठकमा कोरोना प्रकोपको न्युनिकरण कसरी गर्ने, के–के राहत ल्याउने भन्ने विषयमा धेरै छलफल भएको थियो।
आइतबारको बैठकले लकडाउनको समयावधि आठ दिन लम्ब्याउने र अन्य राहतका प्याकेज घोषणा पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको