September 17, 2019

किताबखानाका शाखा अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ ३१, काठमाडौं । काठमाडौं ताहाचलस्थित किताबखानाका शाखा अधिकृत तथा शिक्षक अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) पराजुली र केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  

उनीहरुले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात् गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरिदिनका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।  

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले शाखा अधिकृत पराजुली र नायव सुब्बा केसीलाई सेवाग्राहीबाट घुस वापतको  १५ हजार रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रंगेहात नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  

उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम उनीहरुलाई जनही १५ हजार विगो मागदाबी सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनेछ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ