June 23, 2020

काेराेना संक्रमितकाे संख्या १० हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा ५३८ थपिए

काठमाडौं । कोरोना संक्रमितको संख्या १० हजार पुगेको छ। पछिल्लो २४ घण्टामा ५३८ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय ९५ पिसिआर परीक्षणबाट ५३८ जना कोरोना संक्रमित भेटिएका हुन्। हालसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पिसीआर परीक्षण गरिएको छ।

हालसम्म २ लाख ७१ हजार ५ ८४ जनामा आरडिटी परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरडिटी परीक्षण गर्नेको संख्या ३ हजार ७ सय ८१ रहेको छ।

मन्त्रालयकाअनुसार १० हजार ९९ जना संक्रमित भएका छन् । उनीहरु मध्ये २४ जनाको मृत्यु भएको छ भने २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन्

७ हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म ८५ हजार ८ सय १३ जना क्वारेन्टाइमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा