February 17, 2019

काश्मिमा मारिएका सैनिक परिवारलाई अमिताभ बच्चनले प्रति परिवार ५-५ लाख दिने

 

Image result for अमिताभ बच्चन

फागुन ५, काठमाडौँ । भारतको पुलवामा भएको दुर्घटनामा शहीद भएका ४० सैनिक जवानका परिवारलाई अमिताभ बच्चनले २ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

महानायक अमिताभ बच्‍चनले प्रत्येक शहीद जवानका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

घटनामाथि बलिउडका हस्तीहरुले आक्रोश पोख्दै यसको बदला लिन सरकारसँग अपिल गरेका छन् ।

अभिनेता अमिताभ बच्‍चनलाई सैनिकमाथिको हमलाले दुःखी बनाएको छ । उनले आफ्ना कार्यक्रमहरु पनि रद्द गरेका छन् ।

देशका लागि आफ्नो ज्यान दिने ४० सैनिकमध्ये १२ जवान उत्तर प्रदेशका सपूत हुन् । उत्तर प्रदेशका योगी सरकारले यस शहीदका परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेको छ । 

१४ फ्रेबुअरीको साँझ जम्मू काश्मिरको पुलवामा छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४० जना सैनिकको मृत्यु भएको थियो ।

यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल