May 11, 2018

कालोसूचीको कम्पनीलाई सशस्त्रको ठेक्का 

 

काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको गुण्डानाइके गणेश लामासँग कनेक्सन रहेको कुरा चर्चामा आइरहन्छ । लामामात्र होइन, उनको अर्का गुण्डानाइके  काजी शेर्पासँग पनि घनिष्ट सम्बन्ध रहेछ भन्ने सशस्त्र प्रहरी बलद्वारा कीर्तिपुरमा संचालित स्कूलमा भएको रासन ठेक्काबाट पुष्टि भएको छ ।

 

सशस्त्रको स्कूल कीर्तिपुरका लागि यो बर्षको रासन ठेक्का २०७५ बैशाख १९ गते खोलिएको थियो, जसमा काजी शेर्पाको चाँगेस्थान सप्लायर्स प्रालिले पाएको खबर छ । शेर्पाको चाँगेस्थान सप्लायर्स काठमाडौं नेपाली सेनाले कालोसूचीमा राखेको कम्पनी हो । कालोसूचीमा परेको कम्पनीलाई सशस्त्रका आइजीपी खनालको दबाबमा स्कूलका कमाण्डेन्ट दीपेन्द्र शाहले ठेक्का दिएको छन् । शाह एसपी बढुवामा सिफारिसमा परेका छन् । रासन आपूर्तिका लागि बोलपत्र पेश गर्ने अरु ठेकेदारहरूमा जी.एण्ड जी. सप्लायर्स तारकेश्वर, सदाज्योति सप्लायर्स बेनीघाट धादिङ, न्यू आरके ट्रेडर्स काठमाडौंै र दी क्यापिटल मार्केटिङ काठमाडौं र कार्की स्टोर एण्ड सप्लायर्स काठमाडौं छन् । चाँगेस्थान सेनाको रासन आपूर्तिकै प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनी हो ।

त्यसैगरी सशस्त्रका आइजीपी खनालले नियुुक्त भएको १५ दिन नपुग्दै आर्थिक कारोबार हुने केन्द्रीय लेखा र आर्थिक प्रशासनका प्रमुख परिवर्तन गरेका छन् । आर्थिक प्रशासनका प्रमुख एसएसपी अभि खत्रीलाई अमेरिका भ्रमणमा गएको बेला हटाएर कुलबहादुर नेम्वाङलाई ल्याएका छन् । अमेरिकाबाट फर्किन समेत नदिई हतार हतार खत्रीलाई हटाएर नेम्वाङलाई ल्याइएको छ ।

आइजीपी खनालले मालदार ठाउँमा आफ्ना विश्वासपात्र सेटिङ गर्ने क्रम केन्द्रीय लेखा र आर्थिक प्रशासनबाट गरेका छन् । केन्द्रीय लेखामा सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्ललाई आइजीपी भएको एक साताभित्रै ल्याइसकेका छन् । केन्द्रीय लेखाबाट डीएसपी दयाराम शर्मालाई हठात् हटाएर इन्स्पेक्टर मल्ललाई केन्द्रीय लेखाको प्रमुखमा ल्याएका थिए ।

चार बर्ष कार्यकाल भएका आइजीपी खनाल चाकरीबाजहरूले  लगाएका कुरा सुन्ने र त्यसैअनुसार नकारात्मक कदम चाल्ने गरेका छन् । संगठन प्रमुखले कसैको कुरा सुनेर तत्काल कदम चाल्ने भन्दा पनि हेरेर, बुझेर अगाडि बढ््नुपर्नेमा उनी कुरा सुन्नासाथ नकारात्मक एक्सनमा उत्रिन थालेका छन् । संगठन प्रमुख साझा हुन्छ, तर उनी गुटविशेष र एसएसपी नारायणदत्त पौडेललगायतका केही ब्यक्तिको मात्र हुन थालेको टिप्पणी सुरुमै हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा