कार्यविभाजन टुङ्ग्याउने भनिएको नेकपा सचिवालय बैठक स्थगित

5bfb93fe0fd0c181126121938

मंसिर १०, काठमाडौँ । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको बैठक स्थगित भएको छ ।केन्द्रीय समिति सदस्यहरुको कार्य विभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको हो ।

गत शनिबार बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन । आज स्थगित गरिएको बैठक ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो ।नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य विभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय तयारीमा रहेको नेकपाले प्रदेश समितिलाई पनि पूर्णता दिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने