June 23, 2018

कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका छन् ।

Rabindra-Adhikari-150x95नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवको शुभारम्भ गर्दै उनले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकीकरण गर्ने विषय उठेपनि निर्णय भइनसकेको बताएका हुन् ।

मन्त्री अधिकारीले यी तीन वटा प्रतिष्ठानको फरक चरित्र रहेको भए पनि सशक्तरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा त्यसलाई एकीकरण गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन गर्न कार्यदल गठन भएको र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने बताए ।

प्रतिष्ठानको वार्षिकोत्सवका सन्दर्भमा गरिने कविता सम्मेलनले साहित्य सिर्जनामा राम्रो प्रभाव पार्ने र वरिष्ठ तथा कनिष्ठ कविलाई एकै स्थानमा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान हुने पनि उनले बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, सदस्यसचिव जीवेन्द्रदेव गिरी, कवि महोत्सवका संयोजक अमर गिरीलगायतले प्रतिष्ठानका विभिन्न विभागले अहिलेसम्म गरेका विभिन्न कार्यक्रम तथा गतिविधिका बारे प्रकाश पारे ।

महोत्सवमा २१ जना कवि अतिथि तथा ३६ जना कवि प्रतियोगीका रुपमा सहभागी थिए ।रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक