February 9, 2018

कारसहितको ‘हेभी’ रकेट अन्तरीक्षमा प्रक्षेपण

 एजेन्सी, माघ २६


 

अमेरिकी उद्यमी इलोन मस्कले ‘द फल्कन हेवी’ नामको नयाँ रकेट प्रक्षेपण गरेका छन्। अमेरिकाको फ्लोरिडास्थित केन्नडी अन्तरिक्ष केन्द्रबाट स्थानीय सयमअनुसार मंगलबार यो रकेट प्रक्षेपण गरिएको हो।

यो त्यहीँ ठाउँ हो जहाँबा पहिलो पटक मानिस चन्द्रमा जान उडेका थिए।यो रकेटको भार बोक्ने क्षमता ६४ हजार किलोग्राम रहेको छ। यस्ताे गह्राैँ रकेट प्रक्षेपण गरिनुलाइ धेरैले ‘क्रेजी’ भन्दै टिप्पणी गरेका थिए। तर रकेट सफलतापूर्वक प्रक्षेपण भएकाे छ।

प्रक्षेपण गर्नुपूर्व रकेट

प्रति सेकेन्ड एघार किलोमिटरको दरमा आकाशतिर लागेको यो रकेट निजी कम्पनी ‘स्पेसएक्स’ले प्रक्षेपण गरेको हो। आन्ध्र महासागरमाथि हुँदै अन्तरीक्षतर्फ गएको रकेटको प्रक्षेपण हेर्ने करिब दस हजार मानिस फ्लोरिडा पुगेका थिए। जसमा चन्द्रमा पुग्ने दोस्रो व्यक्ति बज एडरिन पनि रहेका थिए। उनी पनि सोही लञ्च प्याडको प्रयोग गर्दै निल आर्मस्टोङसँगै चन्द्रमामा गएका थिए।

सफलतापूर्वक प्रक्षेपण गरिएकाे रकेट

यसअघि ठूलो रकेट सोभियत संघसँग शीत युद्ध चुलिएकाे बेला अमेरिकाले स्याट्रन भी पठाएको थियो।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले सफलतापूर्वक प्रक्षेपणको संभावना आधा मात्रै रहेको बताउँदै अाएका थिए। ७० मिटर लामो अर्थात २३ तला अग्लो रकेटमा स्टेला कार पनि राखिएको छ। जसको सीटमा अन्तरिक्षयात्रीको पहिरन एकमा हुनेछ।

रकेटभित्र राखिएकाे स्टेलाकाे कार

योजना गरेअनुसार रकेटले सबै चरण सफलतापूर्वक पार गरेमा यो कारलाई सूर्य नजिकैको कक्षमा छाडिने छ। योसँग अन्तरिक्षमा पुग्ने पहिलो कार बन्नेछ।  त्यो स्थान भनेकाे पृथ्वीबाट मंगलग्रह जति नै टाढा हो। स्पेसएक्स र स्टेला दुवै कम्पनी अरबपति व्यवसायी मस्ककै हो।

मस्क फल्कन हेवी जस्तो ठूलो रकेटको प्रयोग मंगलग्रहका अभियानका लागि प्रयोग गर्न चाहान्छन्। २७ इन्जिन रहेको यो ठूलो रकेट बनाउने घोषणा मस्कले सात वर्षअघि गरेका थिए। उनले सन् २०१३ मै यो प्रक्षेपण घोषणा गरेका थिए।

फल्कन एक्सको एक पटको प्रक्षेपणको मूल्य ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब १८ करोड रुपैयाँ छ। रकेटको प्रक्षेषणपछि मस्कले नयाँ अन्तरिक्ष दौड शुरु होस् भन्ने चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल