काबुलमा शक्तिशाली विस्फोटन : चारजनाको मृत्यु, ९३ घाइते

एजेन्सी, १ माघ : अफगानिस्तानको राजधानी काबुलमा एउटा शक्तिशाली विस्फोटन भएको छ । विस्फोटनमा चारजनाको मृत्यु र धेरै घाइते भएको देशको स्वास्थ मन्त्रालयले बताएको छ ।

‘ग्रिन भिलेज’ परिसर नजिक भएको सोमबारको विस्फोटनको जिम्मेवारी तालीवान समूहले लिएको छ । पूर्वी काबुलमा रहेको सो ग्रिन भिलेजमा धेरैवटा अन्तर्राष्ट्रिय कम्पनी र दातृ संस्थाहरु अवस्थित छन् ।

घटनामा २४ बालबालिकासहित ९३ जना घाइते भएको अफगानिस्तानको सार्वजनिक स्वास्थ मन्त्रालयका प्रवक्ता वहीदुल्लाह मयरले ट्वीटर पोस्टमा बताएका छन् ।

ग्रिन भिलेजको उच्च सुरक्षा सम्पन्न परिसरबाहिर एउटा बमसहितको कारमा बिस्फोटन भएको थियो । हमलामा अधिकांश पीडितहरु नागरिक रहेका छन् ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सो हमलाका जिम्मेवार लडाकू समूह भएको बताएका छन् । ती प्रवक्ताले भने हमलामा दर्जनौं विदेशी तथा अफगानी सुरक्षा फौजहरु मारिएको र घाइते भएको बताएका छन् । हमलामा पाँच हमलाकारी र एकजना आत्मघाती हमलाकारी संलग्न रहेको बताएका छन् ।

तालीवानले उसको अधिकांश हमला अफागन सरकार र विदेशीप्रति लक्षित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण