कानुनी सर्वोच्चतालाई स्वीकार गर्न डा. केसीलाई प्रधानमन्त्रीको सुझाव

४ माघ,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गरेका हुन्।

सांसद गगन थापाले सरकारले डाक्टर केसीसँग गरेको सम्झौता विपरित हुने गरी संसदीय समितिले प्रतिवेदन पेस गरेको भन्दै प्रधानमन्त्रीले चाहना राखे पूर्वसहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने थियो भन्ने जिशासामा प्रधानामन्त्रीले संसदको सर्वोच्चता र कानुनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने बताएका हुन्। 

उनले संसद र संसदीय सर्वोच्चताको आफूले सम्मान गर्ने भन्दै सरकारले संसदलाई निर्देशन दिन नसक्ने बताए। उनले भने, ‘सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने सार्वभौम संसद र यसको सार्वभौमिकता, संसदको अधिकार संसदको सर्वोच्चताप्रति, सार्वभौम जनताको अधिकारको सार्वभौम प्रयोकर्ताको हैसियतप्रति, संसदको विधि निर्माणमा स्वतन्त्र हैसियत प्रति म नतमस्तक छु र सम्मान गर्छु।’

उनले डाक्टर केसीको अनसन नै सर्वोपरि हुन नसक्ने दाबी गरे। उनले भने, ‘एकजना अनसन बसेपछि देशै बन्धक हुने, तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, कानुनले काम नगर्ने, राष्ट्रिय आवश्यकताले काम नगर्ने, आवश्यकताका औचित्यका मार्ग अवरुद्ध हुने व्यक्तिको अनसन सर्वोपरी हुने लोकतन्त्रमा हुन्छ?’ 

प्रधानमन्त्री ओलीले  डाक्टर केसीसँग सरकारले गरेको सम्झौता सत्य निरुपण नभई तात्कालीन परिस्थितिको उपज र आवश्यकताको सम्झौता मात्रै भएको र त्यसप्रति सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीको बहुमत छ भन्नुको अर्थ संसदको सर्वोच्चताप्रति, वहुमत छ भनेका भरमा संसदीय सर्वोच्चता , यस सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन।’

उनले डाक्टर केसीसँग भएको सम्झौता अनुसार नै सरकारले संसदमा विधेयक पेश गरेको बताएपनि सरकारले गरेको सम्झौता अनुसार नै विधेयक पास गर्ने ÷नगर्ने सर्वोच्चता संसदसंग मात्रै रहेको र त्यसैलाई आफूले स्वीकार गर्ने बताए।  सरकारले जे ल्यायो त्यो पास गर्नु विधिसम्मत नहुने भन्दै विधि निर्माणको सवालमा संसदलाई बाध्यपार्न र गुमराहमा धकेल्न नसकिने उनको प्रधानमन्त्रीको जिकिर थियो। 

कानुनी राजको सिद्धान्तलाई हरेकले मान्नुपर्ने भन्दै उनले कानुन भन्दा माथि कोही पनि नहुने  र सबै कुरा कानुन अनुसार हुने बताए। कसैले पनि आफूलाई सर्वोपरी नसम्झिन पनि उनले चेतावनी दिए। 

सांसद थापाले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा संसदीय समितिले तयार पारेको प्रतिवेदनमा ९५ प्रतिशत माग पूरा भइसक्यो भन्ने कुतर्कमा नअलमलिई सरकारले डाक्टर केसीसँग गरेको सम्झौता हुबहु हुने गरि पारित गराउन प्रधानमन्त्रीले चाहना मात्रै राखे संसदले सजिलै त्यो काम गर्न सक्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वय गरि संस्था प्रतिको विशवसलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने? भनी प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक