काठमाडौंलाई हराउँदै धनगढी डीपीएलको फाइनलमा प्रवेश

धनगढी, २७ चैत : टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो ।

155744130229955626_1891207287609518_51999390_o

१२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । धनगढीका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अन्तिम ओभर बलिङ गर्न काठमाडौंका राशिद खान आएका थिए । राशिदले तेस्रो बलमा शंकर राना र चौथो बलमा योगेन्द्रसिंह कार्कीलाई आउट गराएपछि धनगढी निकै दबाबमा आएको थियो । तर निकै रोमाञ्चक बनेको खेलमा सेकेन्ड लाष्ट बलमा सामसद शेखले छक्का प्रहार गर्दै धनगढीलाई जित दिलाए ।

धनगढीका लागि रोहन मुस्ताफाले ३३, संकर राणाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाएका थिए । यता, बलिङतर्फ, सुन्नी पटेल, शाहब आलम र राशिद खानले समान २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६ र पुष्प थापाले १६ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान सोमपाल कामी र ललित भण्डारीले समान २–२ विकेट लिए । पराजित काठमाडौंले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल खेल्नेछ । आजै इलिमिनेटरअन्तर्गत सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति