काठमाडौंमा भोलि फेरि पानी पर्ने सम्भावना !

माघ २३,काठमाडौं  : एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ।

बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ। यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘उपत्यकामा पनि भोलि बिहान पानी पर्ने छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’

गत पुस २३ गतेयता हप्तैपिच्छेजसो पश्चिमी वायू आइरहेको छ।  पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।

माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। 

त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते वर्षा गराएको थियो।

त्यसको प्रभाव नसकिँदै अर्को प्रणालीले गत बुधबारदेखि चिसो बढाएको थियो।

महाशाखाका अनुसार यसपालि आएको पश्चिमी वायूको यो पाँचौं प्रणाली हो।

‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् सुवास रिमालले भने।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

‘निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले  उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ,’ रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली  मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी