March 9, 2018

काठमाडौंका मेयर आफै गए हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन

फाल्गुन २५, काठमाडौं ।   मेयरमा निर्वाचित भएको १० महिनापछि  गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए ।

यसपछि सुरु अभियानको प्रारम्भमै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ।’सार्वजनिक जग्गा जनताको हितमा‘ नामक अभियान  अन्तर्ग्गत  यो कार्य  सुरुु गरिएको हो ।

सो कार्यक्रममा मेयर शाक्यले भने, २०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ । र अब शहरको सबै मिचेर हराएका वा अलपत्र परेका सार्बजनिक जग्गाहरुको खोजी गरि उचित संरक्षण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)