काठमाडौँ-भारत रेलमार्ग निर्माणमा सहमति भयो : भारतका प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्।

images_cms-image-000045114

दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताए।

भारतको विकासका लागि आफ्नो ‘सबका साथ, सबका विकास’ र ओलीले नेपालमा ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा एकअर्काको पूरक रहेको पनि मोदीले बताए। सबै कनेक्टिभिटी परियोजनालाई गति दिने निर्णय गरेको पनि उनले बताए। पञ्चेश्वर, अरूण तेस्राे तथा सप्तकाेशी-सुनकाेशी परियाेजनालाइ तीब्रता दिन दुवै प्रधानमन्त्री सहमत भएकाे माेदीले बताए।

 प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तीव्र आर्थिक विकासका लागि आफ्नो ‘बोल्ड’ भिजनबारे जानकारी दिएको भन्दै उनले भारत नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तयार रहेको बताए। नेपालले ऐतिहासिक रुपमा तीन तहको निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री मोदीले चुनाव सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको बताए।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी