काठमाडौं, वैशाख ३ : महाधिबेशन सम्पन्न भएको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्ति को तयारी थालेका छन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी्भित्र चर्को आलोचना हुँदै आएको थियो ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधी र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई नियुक्त गर्न लागेको कांग्रेस स्रोतले जनाएको छ ।त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । कांग्रेसमा यसअघिका सभापतिहरुले आफ्नो गुटइतरबाट सहमहामन्त्री बनाउने गरेका भएपनि देउवाले आफ्नै गुटका विश्वकर्मालाई सहमहामन्त्री बनाउन लागेका हुन् ।
यता रामचन्द्र पौडेलले सह महामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । तर सहमहामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि पौडेलको माग पुरा गर्ने स्थितीमा छैनन् । यसअघि मिन विश्वकर्मालाई सहमहामन्त्री बनाउन खोजे पनि देउवा गुटभित्रै सहमत नभएको बताइएको छ ।
स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ । गत चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण आइतबारदेखि स्थगित छ ।केन्द्रीय सदस्यहरू बोलिसकेपछि देउवाले पदाधिकारी मनोयन प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरिरहेका स्रोतहरूको दाबी छ ।
देउवाले पार्टीको एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित नौ केन्द्रीय सदस्य मनोयन गर्न बाँकी छ । देउवानिकट एक नेताका अनुसार चैत मसान्तभित्रै देउवाले ४० विभागसमेत गठनको तयारी गरेका छन् । कांग्रेस महासमिति बैठकले पार्टीको विधान परिमार्जन गरी संघीय मोडलमा लैजाने तयारी भइरहँदा देउवाले केन्द्रीय समिति र विभागहरूमा पूर्णता दिन लागेका हुन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने