कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेन, नेविसंघको म्याद थप्ने भए ६ महिना थप्नुपर्ने निर्देशक समितिको सुझाव

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमै गराउन गठित निर्देशक समितिले वर्तमान समितिलाई नै निरन्तरता दिने भए कम्तिमा पनि ६ महिना थप गर्न सुझाव दिएको छ ।

5110219201857939744congress.

निर्देशक समितिको भर्खरै सकिएको बैठकले यही समितिलाई निरन्तरता दिनुपर्ने भए कम्तिमा पनि ६ महिना थप गर्न सुझाव दिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । समितिले ३२ वर्षे हद पुनर्विचार गर्नुनपर्ने जनाएको छ । नयाँ समिति ल्याउनुपर्ने भए छलफल गर्न सकिने निर्देशक समितिले जनाएको छ ।

नेविसंघको समयावधि आजबाट समाप्त हुँदैछ ।

केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनका सम्बन्धमा निर्देशक समितिले विधानमा गर्नुपर्ने परिमार्जनलगायतका धारणा पेस गर्ने बताइएको छ । यसअघि शनिबार निर्धारित समयभन्दा झण्डै ५ घण्टा ढिलो गरी बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसघंका बारेमा विषय प्रवेश गराएका थिए । 

पार्टी र नेविसंघमा नैनसिँह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद थप गरेर महाधिवेशन गर्ने र नयाँ केन्द्रीय कार्यसमिति गठन गरेर महाधिवेशन गर्ने भन्ने बारेमा नेताहरुका बीचमा फरक–फरक धारणा रहेको छ । सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा सहमतिमै नेविसंघको विषयमा निर्णय गर्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । 

निर्देशक समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले ३२ वर्ष मुनिको नयाँ केन्द्रीय समिति निर्माणका लागि सभापति देउवाले इच्छाशक्ति देखाए सहमतिमै नेविसंघका बारेमा निर्णय हुन सक्ने संकेत गरेका छन् ।  गत भदौ २ गते दुई वर्षीय कार्यकाल समाप्त भएको महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई महाधिवेशन गर्नका लागि ३ महिनाका म्याद थप गरिएको थियो । जुन म्याद आइतबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक