काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।

नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।

काँग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।

उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं ३ का अध्यक्ष प्रेम कुटु, वडा नं ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नं ९ का अध्यक्ष रामकाजी चक्रधरसहित नौजना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनाको हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा वडा नं २ का वडाध्यक्ष तथा नपाका प्रवक्ता राम थापा मगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुने गरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन कर वद्घि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे ।

आव२०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएको भन्दा कहीँ कतै पनि सेवा सुविधा, लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरे पनि कुनै पनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ छ ।

थापा मगरले भन्नुभयो–“नगरपालिकाको विकासमा पार्टीले दिएको एजेण्डाभित्र बसेर काम गरेका छौं तर पार्टीले जनप्रतिनिधिको हात खुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन, जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुदैन ।”

पत्रकार सम्मेलनमा वडा नं २ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए । उनले भने–“पार्टीको एजेण्डा बाहिर गएर हामीले कुनै काम गरेका छैनौं, पार्टीको एजेण्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौ ।”

काँग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी छ जनप्रतिनिधिले भने १ नं वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए ।

वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले नगरपालिकाले जनताको भावना विपरीत जथाभावी कर वृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको बताए।

यसको विरोधमा वडा कार्यालयले गत साउन १ गतेदेखि पेन डाउन गरेर यही साउन ११ गते पुनः काम सञ्चालन गरेपनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र आज साँझ बालकुमारीमा कर वृद्धिको विरुद्धमा विरोधसभा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक