कसैले विरोध गर्दैमा सरकार ढल्दैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने अध्यक्ष दाहालले कुनै पनि पार्टीले विभिन्न एजेन्डा बटुलेर विरोध गर्दैमा सरकार नढल्ने दावी गरेका हुन् ।

कार्यक्रममा दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । कसैले विरोध गर्दैमा सरकार ढल्दैन । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ ।”

उनले कार्यकर्ताको पार्टी प्रवेशले विमान उड्न सहज बताए । सरकार कमजोर पार्नेहरुको लागि कार्यकर्ताको प्रवेश गतिलो जवाफ भएको उनको भनाइ छ ।

साथै उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबी गरे । ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम भएको भन्दै उनले ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको बताए । उनले कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता ने क पामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक