August 6, 2019

कश्मीरका विषयमा भारतको लोकसभामा हंगामा

साउन २१,काठमाडौं : भारतको लोकसभामा जम्मु तथा कश्मीर सम्बन्धी धारा ३७० खारेज गर्ने तथा राज्यलाई विधभाजन गर्ने विषयमा भएको बहसमा चर्काचर्की परेको छ । 

बहसका क्रममा गृहमन्त्री अमित शाहले आफूहरू कश्मीरका लागि मर्न तयार रहेको बताएका छन् ।

लोकसभामा कांग्रेसका नेता अधीर रञ्जन चौधरीले गृहमन्त्रीलाई सोधे, ‘एस जयशंकरले माइक पम्पिओलाई कश्मीर द्विपक्षीय मामिला हो त्यसैले हस्तक्षेप नगर्नुस् भनी केही दिनअघि भनेका थिए । अब जम्मु तथा कश्मीर आन्तरिक मामिला नै रहन्छ त ? हामी जान्न चाहन्छौं ।’

शाहले जवाफ दिए, ‘जम्मु तथा कश्मीर भारतको अभिन्न अंग हो र यो भारत अनि जम्मु तथा कश्मीरको संविधानमा छ । त्यसैले संसद्ले राज्यका विषयमा कानून बनाउने पूर्ण हक राख्छ ।’

यसपछि विपक्षीहरूले सोधे, ‘त्यसो भए पाकिस्तान अधीनस्थ कश्मीरका विषयमा तपाईंको के अडान छ त ?’ यो प्रश्नलाई चित्त नबुझाएको देखिएका अमित शाहले भने, ‘मैले जम्मु तथा कश्मीर भनेर पाकिस्तान अधीनस्थ कश्मीर र अक्साई चीन क्षेत्रलाई पनि इंगित गरेको हुँ । तपाईं पाकिस्तान अधीनस्थ कश्मीर भारतको अंग हो भनी मान्नुहुन्न र ?’

यसमा चौधरीले सोधे, ‘तपाईं किन आक्रामक भएको ?’

अनि गृहमन्त्रीले जवाफ फर्काए, ‘म आक्रामक हुन्छु, हामीहरू कश्मीरका लागि मर्न तयार छौं ।’

राज्यसभामा संकल्प प्रस्ताव र विधेयक पारित भएको एक दिनपछि लोकसभामा यससम्बन्धी बहस चलिरहेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण