May 20, 2019

कर नतिरेको पप्पु कन्ट्रक्सलाई कर कार्यालयको सातदिने अल्टिमेटम

काठमाडौं, जेठ ६ : कर नतिर्ने व्यवसायीहरुको सूचनी सार्वजनिक गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिने अल्टिमेटम दिएको छ। विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो।

कार्यालयले मूल्य अभिबृद्धि कर र आयकर नतिर्ने फर्मको सूचीसहित उक्त सूचना जारी गरेको हो।

कार्यालयको सूचनामा हरिनारायण रौनियारकोको नाममा रहेको पप्पु कन्ट्रक्सनला पनि कर नतिर्ने सूचीमा रहेको छ। विभिन्न माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले उक्त सूचना जारी गरिएको कर प्रशासक झक्कप्रसाद आचार्यले जानकारी दिए।

यो सूचनाबाट पनि सात दिनभित्र सम्पर्कमा नआए कानूनअनुसाका अन्य प्रक्रिया अपनाएर भएपनि कर असूली गरिने उनले बताए। पप्पुकै नाममा यसअघि बानेश्वर कर कार्यालय पनि कर नतिरेको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी