अदालतमा विचाराधीन मुद्दा चर्चित भएर पदमुक्त गरिएका कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री खड्गबहादुर खत्री जिल्ला अदालत काठमाडौंबाट निर्दाेष सावित भएका छन् ।
अदालतले आइतवार मुद्दाको फैसला गर्दै खत्री सहित ५ जनाविरुद्धको अभियोग दाबी नपुग्ने फैसला गरेको हो । न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले कृषि विकास बैंकको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दाको अभियोग दाबी नपुग्ने फैसला गरेको छ ।
२०७६ भदौ १३ गते ‘अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गरेको’ अभियोग लगाउँदै कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय रत्नपार्क काठमाडौंका कायममुकायम शाखा प्रबन्धक गोकुलप्रसाद पनेरु समेतको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दा दायर भएको थियो । मुद्दामा पूर्वमन्त्री खत्री, रणधिर तुम्बा, छविलाल ढकाल, देवजंग शाही र राजुकुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो ।
‘बैंकका कर्मचारीले गल्ती गर्दा हामी सबैलाई झूटा आरोप लगाएर मुद्दा चलाइएको थियो । अहिले न्याय पाएको छु,’ पूर्वमन्त्री खत्रीले भने । सोही घटनासँग जोडिएको अर्काे मुद्दा बैंकिङ कसूर अभियोगमा उच्च अदालत पाटनमा समेत दर्ता गरिएको र सो मुद्दा विचाराधीन रहेको खत्रीले बताए ।
‘एउटै आरोपमा विभिन्न मुद्दा चलाइरहेका छन्, आरोप लगत रहेको कुरा जिल्लाको फैसलाले देखाएको छ,’ उनले भने, ‘अब अरु मुद्दामा पनि सफाइ पाउँछु ।’
सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) बाट निर्वाचित सांसद खत्री अदालतमा विचाराधीन मुद्दाकै कारण विवादमा आएर मन्त्रीबाट पदमुक्त भएका थिए ।
पुनः मन्त्री बन्न चाहन्छु : खत्री
झूटा मुद्दाको चपेटामा परेर मन्त्रीबाट पदमुक्त भएकाले आफूलाई पुनः मन्त्री बनाउनुपर्ने खत्रीले बताए । ‘पार्टी र मुख्यमन्त्रीले चाहे म मन्त्री बन्न तयार छु । मलाई लागेको आरोप गलत सावित भएको छ,’ उनले भने, ‘कृषि विकास बैंकमै कागजपत्र मिलेकाले अदालतले मलाई सफाइ दिएको छ ।’
खड्का पदमुक्त भएपछि उनले सम्हालेको मन्त्रालय समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै सम्हाल्दै आएका छन् । हालसम्म पनि मन्त्री पद रिक्त नै रहेकाले खत्रीलाई पुनर्बहाली गर्नुपर्ने नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य प्रेम खड्काले माग गरे ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने