एजेन्सी, २८ चैत – लामो समयदेदखि विवादित रहेका कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने भएको छ । खबरहरुका अनुसार सोनी च्यानलमा मात्र तीनवटा एपिसोड पछि बन्द हुने फैसला भएको छ ।
एक चर्चित वेभसाइटलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले कपिलको अव्यवसायिक रवैयाको कारण च्यानलले सोमबार उक्त शो बन्द गर्ने निर्णय गरेको हो ।
कपिल केही समयदेखि एकदमै कठिन अवस्थादेखि गुज्रिरहेका छन् । केही दिन अघि उनले एउटा इन्टरटेन्मेन्ट वेभसाइटको एडिटरलाई गाली गरेका थिए । कपिलले त्यस वेभसाइटले आफ्नो विरुद्धमा नकरात्मक खबरहरु छापेको आरोप लगाएका थिए ।
यस अघि पनि कपिलले आफ्नी कथित पूर्व प्रेमिका प्रिती सिमोस र उनी बहिनी निती सिमोसलाई आफ्नो २५ लाख रुपयाँ खान खोजेको आरोप लगाउँदै उजूरी दर्ता गरेका थिए ।
मिडियाहरुको अनुसार कपिल अहिले डिप्रेशनबाट गुज्रिरहेका छन् जसकारण उनी अहिले सुटिङ सेटमा राम्ररी समय दिन सकिहरेका छैनन् । यसैक्रममा उनकी कथित पूर्व प्रेमिका प्रिती सिमोसले कपिलको मानसिक अवस्था ठिक नभएको बताएकी छिन् । उनले कपिललाई सिजोफ्रेनिया भएको हुनसक्ने र उनले धेरैपटक आत्महत्याको कुरा गरेको बताएकी छिन् ।
मार्च २०१७ सम्म प्रिती कपिलको प्रोडक्सन हाउस के ९ को क्रिएटीभ डायरेक्टरको रुपमा काम गर्थिन् । कपिल र सुनिल ग्रोबरबीच झगडा भएपछि उनी शोबाट निस्किएकी थिइन् । उनीहरुसँगै काम गर्दा दुबैको अफेयर रहेको खबरहरु मिडियामा आएका थिए । तर मार्च २०१७ मा कपिलले सामाजिक सञ्जालमार्फत गिन्नी चतरथलाई आफ्नो हुनेवाला श्रीमती भनेर सार्वजनिक गरेपछि उनीहरुको सम्बन्धमा तितोपना आएको थियो ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको