December 31, 2017

कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

 


जाडो मौसमलाई सुख्खा मौसम पनि भनिन्छ । यो मौसममा बाताबरणीय परिवर्तन मात्रै होइन । हाम्रो शरीरको बाहिरी आवरणमा पनि थोरै थोरै फेरवदल आउँछ । छाला सुख्खा तथा फुस्रो हुने गर्छ । कतिपयमा त कपालमा चाँया समेत देखिन थाल्छ ।

आज हामी यहि सन्दर्भ पारेर तपाईँलाई केही घरेलु टिप्स दिन खोजिरहेका छौँ । त्यो हो कसरी हटाउने चाँया ?

१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।

२. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।

३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।

४. नुहाउनुभन्दा एक घन्टा अगाडि  कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

५. अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।

६. अण्डा फुटाएर  कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।

७. धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी