कञ्चनपुर घटना अनुुसन्धानका लागि पुुग्यो सीआईबी अर्को टोली

काठमाडौँ, भदौ १९ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी टोली दोस्रोपटक महेन्द्रनगर पुुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन । यसअघि गत ११ साउनमा हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोर्ली कञ्चनपुर पुगेकोे थियो ।

जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता पठाइएको थियो । पहिलो टोली फिर्ता भएको डेढ सातापछि नयाँ टोली गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।