सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुखको टुंगो लगाउन छलफलमा जुटेका बेलामा उपसभामुख शिवमाया तुम्बाहाम्फे बालुवाटार पुगेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि जारी बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेता सहभागी छन् ।
उपसभामुख तुम्बाहाम्फे पनि साढे ११ बजे बालुवाटार पुगेकी छिन् ।
‘उपसभामुख तुम्बाहाम्फे साढे ११ बजेको आसपासमा बालुवाटार आउनुभएको छ,’ स्रोतले पुष्टि गर्यो ।
उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएपछिको परिस्थितिलाई कसरी हल गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बालुवाटार श्रोतले बतायो ।
तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने औपचारिक निर्णय नगर्दासम्म राजीनामा नदिने अडान लिएकी छिन् ।
‘सम्भवतः उहाँहरूले पार्टीको तर्फबाट लिखित राजीनामा माग्नुहुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘१ बजे बोलाइएको प्रतिनिधिसभा संसद बैठक अघि नै केही महत्त्वपूर्ण निर्णय हुन सक्छ ।’
शनिवार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।
तर तुम्बाहाम्फेले पार्टीले आफूलाई सभामुख बनाउने औपचारिक निर्णय नगर्दासम्म राजीनामा नदिने अडान लिएकी छिन् ।
उपसभामुखको राजीनामाको अन्योलताले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने