ओलीले लगाए ४ आरोप

kp-oli-2-726x405

काठमाडौं, जेठ १६– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् ।

भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा पुनः मतदान हुन नदिने बताए ।
मंगलबार  काठमाडौंबाट  स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयीसभालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले चितवनमा बालुवाटारबाट खटाइएका ‘गुरिल्ला’ हरुले योजनाबद्ध रुपमा मतपत्र च्यातेको आरोप लगाउँदै ओलीले मतपत्र च्यात्नेहरुले नै पुन मतदानको माग गरेको भन्दै आश्चर्य प्रकट गरे । आफूहरु जहाँबाट मतगणना रोकिएको हो त्यहीबाट पुन मतगणना हुनुपर्ने पक्षमा रहेको बताउँदै फेरि मतदान भए चुप लागेर नबस्ने बताए ।

‘हार्ने भएपछि वाइसियलले मतपत्र च्याते, यो सेटिङ मिलाएर गरिएको काम हो बालुवाटारमा तय भएर गरिएको हो । शान्तिपूर्ण ढंगले चुनाव गर्नुपर्नेमा उल्टै बिथोल्ने काम गर्ने ?’ ओलीले भने, ‘हामी आयोगमा गएर आएको छौं फेरि मतदान गराउनु पर्ने आवश्यक छैन । मत गणनामा प्रतिनिधि बनाएका थिए । तिनिहरुले उपद्रो गरेर २–४ ओटा मतपत्र च्याते । भरतपुरमा एमालेलाई पुनः चुनाव मान्य छैन ।’

पदकमा मनपरि आरोप

ओलीले सरकारले गणतन्त्र दिवसको अवसरमा दिएको वितरण गरेको पदकमा मनपरि भएको दाबी गरे । उनले सम्मान शर्म गर्न लायक रहेको भन्दै राज्य ढुकुटीको दुरुपयोग गरेर आफ्ना मान्छेलाई पदक दिइएको बताए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले –म प्रधानमन्त्रीज्यूलाई सोध्छु ,कतिओटा बिहे गरेपछि तक्मा पाइने ? राज्य ढुकुटीमा बेइमानजी गर्ने ? यो एमालेलाई मान्य छैन।’

सरकारले प्रम पुत्र प्रकाश दाहाललाई समेत पदक दिने निर्णय गरेपछि ओलीबाट यस्तो टिप्पणी अाएको हो । यद्यपी प्रमपुत्र प्रकाश दाहालले पदक नलिने यसअघि नै घोषणा गरिसकेका छन् ।

कार्यक्रममा ओलीले थपे– ‘अवसरहरु कसैका व्यक्तिगत होइन । के तपाईँका छोरा महान समाजसेवी हुन् ? अरु नेवपाली कोहि भेटिएनन् ? देशका लागि काम गर्ने कोहि भेटिएनन् ? प्रश्न गर्न पनि लाज लाग्छ ।’ उनले मनपरि नगर्न चेतावनी दिँदै देशमा एमाले पनि छ भन्ने हेक्का राख्न सुझाव दिए ।

महाभियोग गलत थियो भन्ने गलत

उनले प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग गलत थियो भन्ने कांग्रेस माओवादीले नै पुष्टि गरेको दाबी गरे । उनले भने, –‘बल्लबल्ल एउटा महिला प्रधानन्यायाधीश भइथिन् ड्याम्मै महाभियोग दर्ता गराए । हिजो तपाईहरुले सुनिहाल्नु भयो फेरि फिर्ता गराए । यो त अब टाढा पुगेर फेरि पछि फर्केको जस्तो भयो । महाभियोग बोकाएर घर फर्काउन खोजेथे । आफैं पछि फर्के ।’

जनतालाई दुःख दिन चुनाव सारेको आरोप

यस्तै ओलीले जनतालाई दुःख दिन सरकारले चुनाव सारेको आरोप समेत लगाए ।
उनले भने, ‘जनतालाई दुःख दिन चुनाव सारिएको छ । जेठ ३१ मा पानी पर्दैन कि भनेर असार ९ गते चुनाव सारेका छन् । खोला नाला बढ्लान् जनताले दुख पाउलान् भन्ने यीनलाई चिन्ता छैन ।’

उनले प्रचण्डले जनता नहेरेको तर ज्योतिषिको सल्लाहमा चुनावको मिति घोषणा गरेको आरोप लगाउँदै थपे, ‘तराईमा ढुंगा चलाएर भोट खसाल्न जानुपर्छ, कहाँबाट डुंगा ल्याउने ? सबैसँग छातापनि हुन्न मतपत्र भिज्लान् कहाँ मत खसालने ? सरकारलाई मतलब छैन । असार ९ गते माओवादीलाई राम्रो छ । प्रधानमन्त्री जनता हेर्नुहुन्न, ज्योतिष हेर्नुुहुृन्छ ।’

सरकार चाहिएको छैन

अर्को प्रसंगमा ओलीले एमालेलाई अहिले सरकार नचाहिएको भन्दै अब एकैपटक चुनावमा बहुमत ल्याएर सिंहदरबार पस्ने बताए ।
‘हामीलाई कसले सरकार बनाउन छ भन्ने मतलब छैन । हामी चुनावबाट बहुमतका साथ राजमार्गबाट सिंहदरबा पस्छौं’, ओलीले भने, ‘ कपाली तमसुक गरेर ६–६ वा ९–९ माहिनाका लागि सरकारमा जान्नौं । एमाले हतार गरेर सरकारमा जाने पक्षमा छैन । बाटोबाट जान्छौं जस्केलाबाट होइन । ढोकाबाट जान्छौं झ्यालबाट होइन । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी