January 21, 2017

ओबामाद्वारा सत्ता हस्तान्तरण

८ माघ, काठमाडौं– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली समयअनुसार शुक्रबार राती पौने ११ बजे उनले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । भव्य समारोहका बीच उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्टिन जोन रोबट्र्सबाट पद तथा गोपनियताको सपथ लिए ।
उनको सपथ ग्रहण समारोहमा करीब ९ लाख मानिसहरुको सहभागिता रहेको थियो भने करोडौंले टेलिभिजनबाट प्रत्यक्ष हेरेका थिए । यस्तै उनको सपथ ग्रहण चल्दै गर्दा अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।trump-1

पद तथा गोपनियताको सपथ लिएसँगै ट्रम्पले आफ्नो सम्बोधनमा भने– चुनौति आउँछन्, तर सबै चुनौतिको सामना गर्न तयार छौं । हामी मात्र भविष्यको बारेमा सोचिरहेका छौं ।
७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने नेता हुन् ।

यसैबीच सत्ता हस्तान्तरणसँगै अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक ट्वीट गर्दै आफू सदैव अमेरिकी जनताको साथमा रहेको बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले जनताको सेवा गर्ने मौका पाएकोमा आफू धन्य रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्