ऐश्वर्यकी दीपिका र मंगलमका पुष्पलको जोडी बाँधेर थालियो ‘छक्का पञ्जा ३’ को छायांकन

काठमाडौँ -‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा ३’ कोआजबाट औपचारिक रुपमा छायाँकन सुरु भएको छ ।शुक्रबार बिहान भक्तपुर स्थित सुर्यबिनायक मन्दिरमा चलचित्र युनिटले पुजा गरि छायाँकनको सुरुवात गरेको हो । चलचित्रमा यस पटक नायक र नायिका फेरिएका छन् । अघिल्लो सिरिजमा जस्तै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहने छ ।

त्यस्तै नायिका दिपिका प्रसाई र नायक पुष्प खड्का यसपटकका ‘छक्का पञ्जा ३’ मा इन्ट्रि मारेका छन् ।फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गर्ने छिन् । लचित्रमा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषेतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् भने कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् । दिपराज गिरीको कथा रहेको चलचित्रमा संबाद दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, यमक श्रेष्ठले तयार पारेका हुन् ।फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने