एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले १६९ रन बनाउने क्रममा अनवर अरुदीन र शेद अजिद मुवारकाले समान ३४—३४ रन बनाएका थिए । त्यस्तै मलेसियाका मोहमद नुरले २२ तथा भिरानदीप जगजित सिंहले २१ रन जोडे ।
मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।
यसअघि पहिलो इनिङ्समा नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए ।
त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । बलिङतर्फ मलेसियाका श्याजरुल इजात इद्रस र सर्भिन मुनिआन्द्रेले समान ३—३ विकेट लिएका थिए ।
यो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवीतै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने छ भने अर्को टिमको नतिजामा समेत भर पर्नु पर्नेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द