एसिया कप छनोटका लागि १५ सदस्यिय नेपाली क्रिकेट टिमको घोषणा

 नेपाली राष्ट्रिय क्रिकेट टिममा ब्याट्सम्यान बिनोद भण्डारी र अलरााउण्डर सागर पुनको पुनरागमन भएको छ । बिनोद भण्डारी र सागर पुन मलेसियामा हुने एसिया कप छनोट खेलको १५ सदस्यिय नेपाली टिममा छनोट हुन सफल भएका हुन् ।

मलेसियामा अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म चल्ने प्रतियोगिताका लागि १५ सदस्यिय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । बिनोद र सागरसँगै कप्तान पारस खड्का, उप—कप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, बिनोद भण्डारी रहेका छन् ।

त्यसैगरी, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदीप ऐरी, सुनिल धमला र सुशान भारी छन् । विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लूसीएल अन्तर्गत यूएईसँग खेलेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । खराब प्रदर्शनपछि नामिबियामा गत फेबु्रअरीमा भएको डिभिजन टू देखि यी दुई खेलाडी टिम बाहिर थिए ।

नेपाली क्रिकेट टिम अभ्यास खेलका लागि अगस्ट २० मा श्रीलंका प्रस्थान हुनेछ भने श्रीलंकाबाटै एीसया कप छनोटका लागि मलेसियातर्फ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति