काठमाडौं, ४ फागुन । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले उक्त गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् ।
त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गरेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ । त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो ।
पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्याएर जिम्मा लगायो । त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो ।
त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए । त्यसपछि प्रहरी प्रधान कार्यालय अपुराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई लक्ष्मण खोज्न निर्देशन दिए ।
ब्युरोले अनुसन्धान थाले लगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नतर्फ केन्द्रीत भयो । नागरिकदैनिकमा टपेन्द्र कार्कीले खबर लेखेका छन् ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण