एसईईपछि यस्ताे विषय रोज्दा उपयुक्त हुन्छ !

 एसईई रिजल्टको प्रतीक्षामा रहेका लाखौं विद्यार्थीलाई यतिबेला कुन विषय रोज्ने, के पढ्ने भन्ने अन्योल छ । अभिभावकमा पनि के पढाउँदा उपयुक्त हुनेदेखि लिएर कुन विकल्प छनोट गर्ने, कुन प्लस टु वा शैक्षिक संस्था रोज्ने भन्ने विषयमा दुविधा छ ।

एसईईपछिको कक्षा ११ र १२ विद्यार्थीका लागि करिअर बनाउने जग हुने बताउँछन् । लिटिल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा भन्छन्, “११ र १२ कक्षा भनेको करियरचाहिँ होइन, यो करियर बनाउने एउटा फाउण्डेशनमात्रै हो । यसले करियर बनाउनको लागि अगाडिको पूर्वाधार तयार गर्छ । विद्यार्थीको रुची केमा छ, कुन क्षेत्रमा भविष्य बनाउन चाहन्छ, त्यो विषय छनोट गर्नुपर्छ । यसमा अभिभावकको पनि ठूलो रोल हुन्छ । अभिभावकले विषय छान्नको लागि कहिल्यै दबाब दिनु हुँदैन ।”

कुनै पनि विषय आफैंमा नराम्रो नहुने शर्मा बताउँछन् । अभिभावकले प्रायः बच्चाहरुलाई तिमीले ए प्लस ल्याएको छ, साइन्स पढ्नुपर्छ भनेर दबाब दिने गरेको गुनासो आफूले सुनेको उनले बताए । उनी भन्छन्, “अभिभावकले के बुझ्नुपर्छ भने राम्रो प्रतिशत ल्याएको छ भने उसले भाषा पढ्यो भने गजब हुन्छ । भोलि त्यो ठूलो भाषाविद् भएर निस्कन सक्छ । त्यस्तै पोल्टिकल साइन्स पढेर राम्रो पोलिटिसियन, इकोनोमिस्ट बन्यो भने देशलाई ठूलो सहयोग हुन्छ । भन्नुको अर्थ जे विषय लिए पनि आफ्नो विषयमा नम्बर एक भएर निस्किनु पर्यो ।”

शिक्षाविद् धनञ्जय अधिकारी पनि कक्षा १० पछि के पढ्नेमा विभिन्न विकल्पहरु रहेको तर आफूलाई कुन विषय पढ्दा सही हुने हो, त्यसमै भर्ना हुनु राम्रो हुने बताउँछन् ।

यस्ता छन् छनोट

नेपालमा कक्षा १० पछिका लागि मूलतः चार प्रकारका अध्ययन संस्थानहरु रहेका छन् । एउटा हो, ए लेभल । प्रायः विदेशमा अध्ययन तथा उतै करियरको प्लानिङ गर्ने विद्यार्थीका लागि ए लेभल उपयुक्त हुन सक्छ । यद्यपि उक्त शिक्षा महँगो मानिन्छ । दुई वर्षको अवधिमा ४ देखि १२ लाखसम्म खर्च पर्न आउँछ । अर्को हो, भारतीय बोर्ड अन्तर्गतको सीबीएससी तथा आइसीएसी अन्तर्गतका क्याम्पसहरु । तेस्रो– प्लस टु जुन चलनचल्तिमा बढी छ । प्राविधिक शिक्षा पनि आकर्षणको केन्द्र हो । जसका लागि सिटिइभीटीका संस्थाहरुको छनोट गर्न सकिन्छ ।

अधिकांश विद्यार्थीको रोजाइ प्लस टु हुने गरेको छ । त्यसपछि अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त ए लेभल, सिटिइभिटिबाट सञ्चालित हुने प्राविधिक कोर्षहरु पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । भारतीय बोर्डमा कम आकर्षण छ ।

स्वरोजगारमुखी हुन चाहने तथा चाँडै काम पाउन सकिने रोजगारीमूलक तालिम र विभिन्न टेक्निकल कोर्सहरु राम्रो विकल्प हुन सक्ने विज्ञहरु बताउँछन् । सरकारले पनि प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।

कुन विषय पढ्ने ? 

काठमाडौंस्थित नाशा इन्टरनेशनल कलेजका प्रिन्सीपल सुधीर झा विद्यार्थीहरुलाई आफ्नो रुची, क्षमता र करियर प्लानअनुसार विषय चयन गर्न सल्लाह दिन्छन् । भन्छन्, “विषय कुनै पनि नराम्रो वा संकाय कमजोर हुँदैन । बरु आफूले जे विषय रोजे पनि त्यसमा बेस्ट आउटपुट भने दिन सक्नुपर्छ ।” यस विषयमा अभिभावक तथा शिक्षकले सही सल्लाह र मार्गनिर्देश गर्नुपर्ने उनी बताउँछन् ।

भड्किलो प्रचारशैलीको प्रभाव

एसईईको रिजल्ट आउनेबित्तिकै कक्षा ११ को लागि नयाँ भर्ना खुल्छ । काठमाडौं उपत्यकालगायत बाहिरका प्लस टुले पनि प्रवेश परीक्षाको तयारी गरिरहेका छन् । प्सल टुहरुले विद्यार्थी र अभिभावकलार्ई आकर्षित गर्न भड्किलो प्रचारबाजी गर्ने आरोप पनि लाग्ने गरेको छ ।

देशभरका करिब ३ हजार ७ सय प्लस टुमध्ये १ हजार ५० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित छन् । सामुदायिक क्याम्पसहरुले पनि विद्यार्थी आकर्षित गर्न विभिन्न अभियान चलाइरहेका छन् ।  शान्तिनगरस्थित फ्लोरिडा कलेजका प्रबन्ध निर्देशक शरदकुमार सुन्दर कलेज छनोट गर्दा शैक्षिक रिपोर्ट, उपलब्ध संकाय तथा विषय, सञ्चालक तथा शिक्षकको टिम आदिबारे जानकारी लिन सुझाव दिन्छन् ।

एलएका प्रधानाध्यापक मुकुन्दराज शर्मा पनि अभिभावकले त्यो संस्थाको रेकर्ड र कति पछिसम्म त्यसले इतिहास धान्नसक्छ भनेर हेर्नुपर्ने बताउँछन् । आफूले बालबच्चालाई पढाउन खोजेको कलेजको एकेडमिक पर्फर्मेन्ससमेत ध्यानमा राख्नुपर्ने उनी सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान