एलडीओको जवाफ– उहाँहरूलाई खाना खुवाएँ, गाडी पठाएँ, रङरोगन गर्न २५ हजार दिएँ, मर्यदापूर्वक व्यवहार गरें

stनेपाल परिवार दलका सांसद हरिचरण साहले रौतहट क्षेत्र नं. १ को निर्वाचन क्षेत्र विकास कार्यक्रममा आफूलाई संयोजक नबनाएको भन्दै कारवाही गर्न सरकारलाई उजुरी गरे । गत पुस ९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उजुरी दिए । मन्त्रालयले पुस २ गते ‘के भएको हो ? त्यसबारे जानकारी गराउन’ रौतहटका स्थानीय विकास अधिकारी (एलडीओ) उमेश बस्नेतलाई निर्देशन दिए । कुनै जवाफ नआएको भन्दै साहले माघ ७ गते फेरी उस्तै प्रकृतिको उजुरी दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिको संयोजक छनोटबारे जानकारी नदिइएको र कस्ता योजना छनोट भए भन्ने पनि जानकारी नभएकाले janata1-1कारवाही गर्न साहले माग गरेका थिए ।

 

एलडीओले बस्नेतले २१ गते मन्त्रालयलाई अाैपचारिक पत्रमार्फत जानकारी गराए । मन्त्रालयलाई लेखेको पत्रमा साहकाे दाबीमा कुनै सत्यता नरहेको, उल्टै जिविसले साहलाई लागी सिमरा एयरर्पोटसम्म आउन जान जिविसको गाडी पठाएको, साहसँगै आएका साथीहरूलाई जिविसले खाना खुवाएको उल्लेख छ । यसैगरि, साहलाई पटक–पटक इन्धन दिएको, साहले बनाएको सामुदायिक भवनमा रङरोगन गर्न २५ हजार दिएको र जिविस आउँदा साहलाई मर्यादापूर्वक व्यवहार गरेको उल्लेख छ ।

सांसद साहको अन्य गुनासो प्रत्यक्षतर्फका सांसद माधव नेपाललाई जानकारी janta-2गराईसकेको, योजना कार्यान्व्यनमा सांसदहरूको भमिका महत्वपूर्ण रहने जनाउँदै जिविसले इमान्दारपूर्वक काम गरिरहेको पत्रमा उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बैठकका लागी कात्तिक ३० गते माधव नेपाल रौतहट जाने निश्चित भएको थियो । तर सिमराको फ्लाईट रद्द भएपछि नेपाल बैठकमा उपस्थित हुन सकेनन् ।

नेपाल उपस्थित नभए पनि बैठक बसेको र साह पनि उपस्थित भएको पत्रमा उल्लेख छ । यसैगरि, मंसिर २९ गतेको सांसदहरू साहसहित माधव नेपाल र डिम्पलकुमारी झा उपस्थित भएको पनि पत्रमा उल्लेख छ । ज्येष्ठ सदस्यको हैसियतले सांसद साह संयोजक पनि रहेको उल्लेख छ । सांसद साहले बैठकको निर्णयहरू र योजना बिबरणको सबै पाना मोबाइलबाट फोटो खिचेर राखेकाले भ्रामक आरोप भएको पत्रमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्