May 17, 2018

एमाले र माओवादी आज एकीकरण हुँदै , यस्तो बन्दै छ नयाँ पार्टीको सांगठनिक संरचना

kpp
काठमाडौं, जेठ ३ । दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।
बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई घन्टा लामो छलफलपछि पार्टी एकताको निष्कर्षमा पुगेका हुन् । साँझ बसेको एमाले स्थायी समिति बैठकमा ओलीले र माओवादी हेडक्वार्टर बैठकमा प्रचण्डले दुई नेताबीचको सहमतिबारे ब्रिफिङ गरेका थिए । ‘दिनभर पार्टी एकताका सबै प्रक्रिया पूरा गरेर बिहीबार साँझ एकता घोषणा गर्ने तयारी छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो ।

१७ असोज ०७४ मा राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरेका दुवै दलले साढे सात महिनापछि एकीकृत पार्टी घोषणा गर्न लागेका हुन्।

जनमतमा इतिहासकै शक्तिशाली पार्टी
एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ । संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२.३७% मत एमाले–माओवादीले पाएका थिए । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । दुवैको जोड्दा दुईतिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ । जसले ५२.३७% जनमतको प्रतिनिधित्व गर्नेछ ।

राजनीतिक
प्रतिवेदनमा प्रचण्ड
र जनयुद्ध उल्लेख
एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनमा जनयुद्धको नेतृत्व प्रचण्डले गरेको विषय थप गरिएको छ । ‘प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले नेपाली समाजको गुणात्मक परिवर्तनमा योगदान पु¥याएको’ विषय प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको एक माओवादी नेताले बताए । झापा आन्दोलन, जनआन्दोलन, जनयुद्ध, ०६२÷६३ को आन्दोलनले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे राजनीतिक प्रतिवेदनमा उल्लेख थियो ।

यस्तो हुनेछ नयाँ
पार्टीको सांगठनिक संरचना

केन्द्रीय कमिटी : ४४१ सदस्यीय
एमालेबाट : २४१ र माओवादीबाट ः २००
स्थायी समिति : ४३ सदस्यीय
एमालेबाट : २५ र माओवादीबाट ः १८
पोलिटब्युरो : १४५ सदस्यीय
केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १४५ सदस्यीय बनाउने सहमति
दश तहका कमिटी
स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर÷उपमहानगर÷नगर÷गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी

आलोपालो अध्यक्षता, चुनाव चिह्न सूर्य
एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन् । दुवै सहअध्यक्षको हैसियतमा रहनेछन् । पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ । दुवैमा बराबर कार्यकारी अधिकार रहनेछ ।
नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ ।
यो चिह्न यसअघि एमालेको थियो ।

आज कति वेला के ?
बिहान ७ः३० बजे : बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण
आज (३ जेठ) जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महŒवपूर्ण घोषणा गर्नेछन् ।
बिहान १०ः०० बजे : पार्टी एकता
संयोजन समितिबाट एकताको निर्णय
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ ।
११ः०० बजे एमाले केन्द्रीय कमिटी
१ः०० बजे माओवादी सचिवालय
पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
दिउँसो ३ः०० बजे : दुवै पार्टीको संयुक्त बैठक
दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
दिउँसो ४ः०० बजे : निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता
एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले बिहीबारै नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने बताए । साँझ ५ः०० बजे : पत्रकार सम्मेलन
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने